लाइम लाइटबाट टाढा छिन् धर्मेन्द्रकी जेठी श्रीमती, छोरा सनीले एक वर्षपछि सेयर गरे तस्बिर
धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर लाइम लाइटबाट टाढै रहन्छिन् । एकातर्फ हेमा मालिनी सोसल मिडियामा निकै एक्टिभ छिन् भने अर्कोतर्फ प्रकाश कौरको झलक पाउन निकै मुश्किल छ । गत वर्ष प्रकाश कौरसँग धमेन्द्रले नयाँ वर्ष मनाएका थिए । यतिबेलाको तस्बिर सोसल मिडियामा निकै चर्चित भएको थियो । यसैबीच प्रकाश कौरसँग सनी देओलले हालै एक तस्बिर सेयर गरेका छन् ।
यो तस्बिर सनी देओलले इन्स्टाग्राममा पोष्ट गरेका हुन् । तस्बिर सेयर गर्दै सनीले क्याप्सनमा लेखेका छन्, ‘मेरी आमा नै मेरो संसार हो ।’
सन्नी देओलकी आमा प्रकाशझैं सनीकी श्रीमती पूजा देओल र दुबै बहिनी विजेता, अजिता देओल पनि लाइम लाइटबाट टाढा छन् । बबी र सनी आफ्ना आमासँग बस्छन् भने ८२ वर्षे धर्मेन्द्र हेमा मालिनीसँग जीवन बिताइरहेका छन् । धर्मेन्द्रले प्रकाशसँग सम्बन्धविच्छेद नगरी नै हेमा मालिनीसँग विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययनबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण : खुश्बु ओली
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण