मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको मिनी राष्ट्रिय सम्मेलन, कसले मार्ला बाजी ?

आइतबार, १५ साउन २०७४, १० : १७
आइतबार, १५ साउन २०७४

काठमाडौं - नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको भदौ ७ देखि ११ गते सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ । 
सम्मेलनको मिति घोषणासंगै संगठनमा नयाँ तरङ्ग आएको छ । यो अखिल क्रान्तिकारीको २१औं सम्मेलन हो । यो पटक क्रान्तिकारीमा पनि नेतृत्व चयनकोलागि निर्वाचन हुनसक्ने भन्दै सुरुमा नै रमेश मल्लको नेतृत्वमा निर्वाचन टोली गठन भइसकेको छ । 

नयाँ तरङ्ग
क्रान्तिकारीमा अहिले नयाँ किसमको तरङ्ग उत्पन्न भएको हो । अहिले सम्म माओवादीले सर्वसम्मत नेतृत्व चयन गदै आएको थियो । यो पटक पनि सर्वसम्मत गर्ने प्रयास भएन भने निर्वाचनमा जानुको विकल्प नहुने पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक रमेश मल्लले रातोपाटीलाई बताए । 

बढ्यो चहलपहल
तर विद्यार्थीहरु भने अहिले आ–आफ्ना समुहमा छलफलमा व्यस्त छन् । धेरैजसो सुनसान रहने बागबजारको संगठनको कार्यलयमा अहिले चहलपहल बढेको छ । 
यदि सर्वसम्मत भएन र निर्वाचन हुने भयो भने, विद्यार्थीहरु त्यसको लागि तयारीमा अवस्थामा रहेको सचिवालय सदस्य स्मृति अधिकारीले बताइन । सकेसम्म नेतृत्व सर्वसम्मत बाट आउनु पर्छ यदि भएन भने स्वच्छ प्रतिष्पर्धा गराउदा नयाँ अभ्यास हुने उनको तर्क छ ।

मुख्य दाबेदार 
पार्टी नेतृत्वले पनि निर्वाचन गराएको खण्डमा प्रमुख रुपमा अध्यक्षको लागि दाबेदार मानिएका अहिलेका उपाध्यक्ष अनिल शर्मा, रामचन्द्र अधिकारी,  रन्जित तामाङ, उत्तम अधिकारी र खुशिराम चौधरी छन् ।

अनिल शर्मा
शर्मा संगठनमा अध्यक्षको बलिया दाबेदार रहेका छन् । उनी वैचारीक र संगठक मानिन्छन् । शर्मा रुकुमका हुन् । उनको स्थानीय तहको निर्वाचनमा राम्रो भूमिका रहेको थियो । 
रामचन्द्र अधिकारी
अधिकारी चितवनका हुन । उनी वैचारीक रुपमा क्रान्तिकारीभित्र स्थापित छन् । 
रन्जित तामाङ
तामाङ वैचारीक र संगठक मानिन्छन् । उनी संगठनलाई मिलाउन सिपालु मानिन्छन् । 

निर्वाचनको असर 
क्रान्तिकारी निर्वाचनमा होमिएमा यसमा असर नेताहरुको पर्ने छ । त्यसपछि नेताहरु आफु निकटका विद्यार्थी नेताहरुलाई अध्यक्ष बनाउने होडबाजीमा लाग्ने छन् ।  

प्रचण्डको चाहना 
पार्टी अध्यक्ष प्रचण्ड निकटहरुले अधिकारीलाई बनाउन चाहना राखेको कुरा पनि क्रान्तिकारीबीच बहसको बिषय बन्न थालेको छ । ३ नं प्रदेशकोलाई नै नेतृत्वमा ल्याउनु पर्छ भनेर लबिङ सुरु भएको पनि चर्चा चल्न थालेको छ । 

संगठनमा प्रभाव
अनिल शर्मा पूर्व उर्जा मन्त्री तथा वर्तमान गृहमन्त्री जनार्दन शर्माका भाइ हुन । उर्जामन्त्री हुदा जनार्दनले गरेको राम्रो कामको प्रभाव अनिलसम्म पनि पर्यो । अनिल पार्टी र आम विद्यार्थीमा लोकप्रिय छन् । उनको गृह जिल्लामा सबै स्थानीय तह माओवादीले जितेको छ । यो सबै कुराको फाइदा अनिल शर्मालाई हुने विद्यार्थीहरु बताउँछन ।

रञ्जित तामाङ बर्षमान पुन नजिकका मानिन्छन् । जनजातिको हिसाबले पुनले तामाङलाई सहयोग गर्ने अनुमान विद्यार्थीबीच छ । 

उत्तम अधिकारी र खुशिराम चौधरी नेता राम बहादु थापा निकटका हुन । अधिकारी शालिन र वैचारीक नेताका रुपमा परिचित छन् ।  

समस्या
निर्वाचन भएमा समस्या आउने चिन्ता पनि विद्यार्थीहरुमा छ । एकताको भाव विपरित निर्वाचन भएमा संगठन एक पक्षीय हुने छ । 

कति निर्वाचित ?
यो सम्मेलनमा अखिलमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित हुने छन् । जसमा १ अध्यक्ष,उपाध्यक्ष ६(खुल्ला ३, १महिला, १ मधेशी, १मनोनित) महासचिव १, उपमहासचिव ३(२ खुल्ला, १ महिला) सचिव १३ (७ प्रदेशबाट ७ जना, महिाला २, मधेशी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि÷विभाग÷कार्यलय १) र कोषाध्यक्ष १ हुने छन् ।

अखिल क्रान्तिकारीको सम्मेलन माओवादी केन्द्रका नेताहरुको लागि पनि चुनौति बन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप