‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’, तस्बिरमा हेर्नुहोस् प्रहरीको धरपकड
काठमाडौं– प्रहरीलाई छक्याउँदै नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ ।
सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।
प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।

नेविसंघका नेता कार्यकर्ता छापामार शैलीमा निषेधित क्षेत्र प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दै धरपकड सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई दर्जन नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, सुवोध ओली, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सन्देश पन्तलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रमणबाट फर्किने क्रममा पनि नेविसंघले विमानस्थलमै ओलीलाई कालोझण्डा देखाएको थियो ।

निर्मला पन्तको हत्यारालाई कारबाही नगरेको, डा गोविन्द केसीको माग सम्बोधन नगरिएको, काँग्रेसका नेताको नाममा राखिएको हस्पिटललाई विभेद गरिएको लगायतको आरोप लगाउँदै प्रधानमन्त्री ओलीलाई दवाव दिन सिस्टी जुलुस निकालिएको बताइएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण