तस्विरमा हेर्नुहोस् भक्तपुरको माधवनारायण मेला
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला भक्तपुरको हनुमानघाटमा जारी छ ।
नेसंको आठौँ शताब्दीदेखि सुरु भएको सो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
नेसं ७२२ मा राजा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ । यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ भक्तजन व्रत बस्न र स्नान गर्न आउने गरेका छन् ।
महिना दिनसम्म यहाँ व्रत बस्न व्रतालुका लागि भने ढल बगेको पानीमा स्नान गर्नुपर्ने बाध्यता भएको माधवनारायण मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । नगरपालिकाले ढलको व्यवस्थापन नगर्दा यहाँ व्रत बस्न चाहने पनि साँखुको शालीनदीमै व्रत बस्न जान थालेपछि यहाँ व्रत बस्नेको संख्या घट्दै गएको छ ।
व्रतालु महिला यहीँ बसे पनि पुरुष भने हरेक दिन बिहान त्रिवेणीमा आएर नुहाई व्रतालु महिलासँगै विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने गर्छन् ।
व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल तिलमाधवबाट तलेजु भवानीसम्म जाने, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसी स्नान गरेर इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा वाग्मतीमा स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमावर्ती नागरिक नियन्त्रण क्षेत्र घटाउने
-
एक महिनामै रौतहट प्रहरीले बरामद गर्यो १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान
-
इतिहास रच्ने दाउमा कीर्तिमानी क्रिस्टियानो
-
रास्वपाले सार्वजनिक गर्यो महाधिवेशनको आधिकारिक लोगो
-
मकवानपुरका ४० भन्दा बढी औषधी पसल बन्द गर्न निर्देशन
-
प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण