दिग्गज कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन
शुक्रबार, १८ माघ २०७५, १२ : ०५
नेपाली सिने जगतका दिग्गज कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको टिचिङमा निधन भएको हो । उनी ७८ वर्षका थिए । यसबारे चलचित्र संघकी महासचिव सरिता लामिछानेले जानकारी दिएकी हुन् ।
श्री ३ पद्मशम्शेर जबराका नाती बीएस राणाको पूरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो । उनले पाँच दर्जनजति नेपाली फिल्ममा काम गरेका थिए ।
बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । उनको बाल्यकाल र युवावस्थाको अधिकांश समय भारतमा बित्यो ।
उनले अभिनय गरेका चलचित्रमध्ये दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा निकै चर्चित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण