अक्षय कुमारको घरमा जबर्जस्ती छिर्न खोज्ने युवक पक्राउ
मुम्बई पुलिसले जुहुस्थित बलिउड अभिनेता अक्षय कुमारको घरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । एक वरिष्ठ पुलिस अधिकारीका अनुसार हरियाणामा बस्ने अंकित गोस्वामी अक्षय कुमारलाई भेट्न चाहन्थे र यही एक कारणका लागि मुम्बई आएका थिए ।
बलिउड सेलिब्रिटीको घर उनीहरुका प्रशंसकका लागि कुनै पर्यटकीय स्थलभन्दा कम हुँदैन । सेलिब्रिटीको एक झलक पाउनका लागि प्रशंसकहरु घण्टौंसम्म उनीहरुको घर बाहिर उभिन्छन् । साथै, उनीहरुको घरबाहि उभिएर तस्बिर खिच्नु र त्यसलाई सोसल मिडियामा अपलोड गर्नु पनि मानिसहरुका लागि निकै खास हुन्छ ।
अक्षयका यी प्रशंसक अंकित गोस्वामीले गुगलमार्फत अभिनेताको खोजी गरेका थिए । सोमबार अबेर राती जब उनी घरभित्र प्रवेश गर्ने कोसिस गरे तब सुरक्षाकर्मीले उनलाई समाते ।
पुलिस अधिकारी परमजीत सिंह दहियाले जुहु पुलिसले उनीसँग सोधपुछ गरेको र मंगलबार उनलाई पक्राउ गरिएको जानकारी दिए । यी व्यक्ति २० वर्ष हाराहारीको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण