माघे झरीको छाता
शनिबार, २६ माघ २०७५, ११ : ३१
माघे झरी लाग्यो अनि छाता खोज्न लाइयो
हिजोसम्म चाहिया थे’न आज फेरि चाहियो
कुन कुनामा थन्किए’थ्यो खोज्दा पाइएन
छाता खोज्ने हतारोले भातै खाइएन
बल्ल बल्ल पाइयो छाता मैलिएको रै’छ
माकुराको जालो यसमै फैलिएको रै’छ
डन्डीमा’नि खिया थियो जोर्नीमा’थ्यो खिया
च्यातिएर कपडा’नि भा’थ्यो छिया छिया
टक्टक्याएँ धुलो मैलो खोल्न खोजेँ भ्याट्ट
छाता यसो खोल्छु भन्दा भयो आफै प्याट्ट
जबर्जस्ती तान्न खोज्दा भाँचिएर डाँठ
यो छाताले पार्यो मलाई आज बिल्लिबाँठ
छाता ओढ्न पाइएन रुझ्दै भिज्दै गएँ
जसरी नि स्कुल पुगेँ बरु भोकै रहेँ
बाबासँग फकाई फुल्याई भरे पैसा माग्छु
नयाँ छाता किन्छु अनि जतन गरी राख्छु ।
– मध्यनेपाल नगरपालिका–६, भोर्लेटार लमजुङ
(२०७५/१०/२४)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण