वर्षा र संजोग ‘अफिसियल्ली इन्गेज्ड’
मङ्गलबार, २९ माघ २०७५, १० : १७
‘भ्यालेन्टाइन डे’ अर्थात २ फागुन विवाहको मिति जुराएका प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् ।
सोमबार राजधानीको एक पार्टी प्यालेसमा यो जोडीले इन्गेज्मेन्ट गरेका हुन् । इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदश्य मात्र सहभागी थिए ।
इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै गराएका हुन् । लामो समयदेखि प्रेममा रहेका जोडी अहिले विवाह तयारीमा छन् ।
विवाह मिति ‘भ्यालेन्टाइन डे’ भएपनि स्थान भने अहिले सार्वजनिक गरिएको छैन ।
वर्षा पछिल्लो समयकी चलेकी अभिनेत्री हुन् ।
उनका लगातार चलचित्र आइरहेका छन्, भने संजोगले पनि केही चलचित्र अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण