बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता

बिहीबार, ३२ असार २०८३, ०२ : ३९
बिहीबार, ३२ असार २०८३

सारांश

  • इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका छन्।
  • निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले गोल गर्‍यो।

काठमाडाैँ ।  फिफा विश्वकपको सेमिफाइनल खेलको थप गरिएको समय (इन्जुरी टाइम) मा अर्जेन्टिनाले अर्को गोल थप्दै खेलमा २-१ को नाटकीय अग्रता लिएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको समयको दोस्रो मिनेट अर्थात् ९०+२औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि स्ट्राइकर लाउटारो मार्टिनेजले ९०+२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई जितको निकै नजिक पुर्‍याएका हुन् । यसअघि खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए । खेल बराबरी तर्फ धकेलिरहेका बेला मार्टिनेजको यो गोल निर्णायक साबित हुने मोडमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप