बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो

बिहीबार, ३२ असार २०८३, ०२ : ३३
बिहीबार, ३२ असार २०८३

सारांश

  • अर्जेन्टिनाले खेलको ८५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको छ।
  • फिफा विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिना एक गोलले पछि परेको थियो।
  • एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गरे।

काठमाडाैँ । फिफा विश्वकपको रोमाञ्चक सेमिफाइनल खेलको अन्तिम समयतिर अर्जेन्टिनाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएको छ । खेलमा एक गोलले पछि परेको कठिन अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले खेलको ८५औँ मिनेटमा गोल फर्काएर खेललाई १-१ को रोमाञ्चक स्थितिमा पुर्‍याएको हो ।

अर्जेन्टिनाका लागि मेस्सीको पासमा मिडफिल्डर एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा महत्वपूर्ण गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् । यसअघि खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेल सकिन केही मिनेट मात्र बाँकी छँदा फर्नान्डेजको यस गोलले अर्जेन्टिनालाई नयाँ जीवन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप