आँशु पुछ्दै अष्ट्रेलियामा पवन गिरीले भने, ‘बाबु आमालाई खुसी बनाएँ’
आफ्नै कथा र ब्यथा बिच जनताको मन्चबाट छानिएर नेपाल आइडलको प्रतिस्पर्धामा छानिएका प्रमुख ६ गायक गायिकाहरू शुक्रबारको प्रस्तुति दिन सिड्नी आइपुगेका छन्।
शुक्रबार सिड्नीको टाउनहलस्थित सार्क होटलमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु कोरियाबाट बिहिबार सिड्नी आइपुगेका हुन्।
अष्ट्रेलियाका पर्थ, व्रिसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए। अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेका नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी कार्यक्रममा सहभागी हुने छन्।
सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरूले दर्शकको माया पाउने बताए।
सुदूर पश्चिमको विकट गाउँमा जन्मेर तराई झरेको ओडको परिवारले यतिखेर नेपाल आइडलपछि नया मोड लिएको ओडले बताए।
परिवारमा बाबुले लोक भाकामा गीत गाउने गरेकाले आफू सानैदेखि गीत संगीतमा लागेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण