‘लुट्न सके लुट’ : युट्युवबाट हट्यो, माइतीघरमा घन्कियो (फोटो/भिडियो)
चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ ।
भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो ।
गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म तरङ पैदा गरेको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ जस्ता शब्द गीतमा प्रयोग भएका कारण यसका गायक पशुपतिले बिभिन्न दवाव झेल्नु परेको छ । सोही कारणले पनि गीत अहिले युट्युबबाट हटाइएको छ ।
गीतका गायक पशुपति शर्माले शनिबार राती एक बिज्ञप्ती जारी गर्दै गीत युट्युवबाट हटाइएको जानकारी दिएका छन् । गीतमा प्रयोग भएका केही शब्दले विवाद निम्त्याउन सक्ने देखेकोले गीत परिमार्जन गर्न अहिले युट्युवबाट हटाइएको उनले बताएका छन् ।





‘मेरो गीतमा यहाँहरुले देखाएको सहभागीता प्रति हार्दिक नमन गर्दछु’ पशुपतिद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘कुनै राजनीतिक आग्रह, पुर्वाग्रह पालेर मैले गीत बनाएको होइन । देशमा शुशासन कायम हुनुपर्छ, देशमा बिसंगती ब्यक्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु ।’
यता, गीत बन्दको बिरोध गर्दै राजधानीको माइतीघरमा मण्डलामा बिरोध समेत प्रदर्शन गरिएको छ । ‘गीत बन्द होइन भ्रष्टाचार बन्द गर्नुपर्छ’ भन्ने नारा घन्काउदै बिरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा विवादमा परेको पशुपतिको गीत बजाउदै नाचगान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण