विवेकशील साझाले भन्यो, ‘अष्ट्रेलियामा नेपाली विद्यार्थी बिचल्ली पार्नेलाई कारवाही होस्’
काठमाडौं– विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलिमयाका कलेजमा पठाइएका १२०० नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट गर्दै सरकारसँग छानिवन गर्न माग गरेको छ ।
सो पाटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिचल्ली भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न तथा अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
सो पाटीले अष्ट्रेलियास्थित गैर आवासीय नेपाली सङ्गठन लगायतका नेपाली सामाजिक संघसंस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।
‘विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ । एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण