प्रियंकासँग प्रभावित भइन् निक जोनसकी पूर्व प्रेमिका, गरिन् यस्तो कमेन्ट
बलिउड नायिका प्रियंका चोपडा जोनस हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् । प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् ।
प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र प्रभावित गरेन, निककी पूर्व प्रेमिका माइली साइरस पनि उनीबाट निकै प्रभावित भइन् । २६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।
सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया !’
माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए ।
स्मरण रहोस्, प्रियंकाको पछिल्लो फिल्म इजन्ट इट रोमान्टिकमा माइलीका पिता लियाम हेम्सवर्थ पनि देखिएका थिए । फिल्मको प्रिमियरपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सबै सहकर्मीलाई ट्याग गर्दै मेसेज पनि लेखेका थिए । उनले यो पोष्टमा माइलीलाई पनि मेन्सन गरेकी थिइन् किनभने माइलीले प्रिमियरमा लियामको प्रतिनिधित्व गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण