निर्मला पन्तको घरमा पुगेर देउवाले भने: ‘न्यायको लागि निरन्तर खबरदारी गर्छु’
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई भेटेका छन् । सभापति देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् ।
भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कञ्चनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होइन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’ सभापति देउवा र केन्द्रीय सदस्य एनपी साउद निर्मलाको घरमा पुगेका थिए ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । तर, पहिलेसम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण