सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

महिला शक्तिः पहिलोपटक एकैसाथ १५ महिलालाई ‘ओस्कार अवार्ड’

मङ्गलबार, २१ फागुन २०७५, १० : ३६
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौँ – अमेरिकाको लस एन्जल्स क्यालिफोर्नियामा ९१ औँ ‘ओस्कार अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स (Academy of Motion Picture Arts and Science) -(AMPAS) द्वारा आयोजित उक्त कार्यक्रम फेब्रवरी २४ मा सम्पन्न भएको हो । 

एएमपिएएसले फिल्मी क्षेत्रका २४ विद्यामा अवार्ड वितरण गरेको थियो । जसमा १५ विद्यामा १५ महिलाले पहिलोपटक ओस्कार अवार्ड जित्न सफल भएका छन् । 

जसमा भारतीय शर्ट फिल्म ‘पीरियडः द एण्ड अफ सेन्टेन्स’ लाई ‘डकुमेन्ट्री शर्ट सब्जेक्ट’ श्रेणीमा ओस्कार पुरस्कार प्राप्त भएको छ । भारतीय प्रोड्युसर गुनीत मोन्गाद्वारा निर्माण भएको यो डकुमेन्ट्री महिनावारीको समयमा भारतका महिलाले झेल्ने समस्या र उनीहरुले प्रयोग गर्ने प्याडको विषयमा तयार पारिएको छ । 

यसका साथै यो वर्षको ओस्कार अवार्डमा थुप्रै महिलाहरुले पुरस्कार प्राप्त गर्न सफल भएका छन् । ति महिलाहरु गुनीत मोन्गा र टिम, ओलिविया कोलम्यान लगायतका रहेका छन् । 

गुनीत मोन्गा र टिम 

गुनीत मोन्गा, रयाक्ता जहताबची र म्यालिसा बर्टनले सबैभन्दा उत्कृष्ट डकुमेन्ट्री फिल्म ‘पीरियड एण्ड अफ सेन्टेन्स’को लागि शर्ट सब्जेक्ट क्याटेगोरीबाट अवार्ड प्राप्त गरेका छन् । यो कथा दिल्लीभन्दा बाहिरको क्षेत्र ‘हापुडी’ को हो । यस कथामा मुख्य भूमिका निभाएकी स्नेहा उत्तर प्रदेशको सानो गाउँकी साधारण किशोरी हुन् । 

ओलिविया कोलम्यान 

फिल्म ‘द फेवरेट’ बाट हलिउड अभिनेत्री ओलिविया कोलम्यानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । 

लेडी गागा

हलिउड पप सुपरस्टार लेडी गागाले उनका गीतहरु ‘ए स्टार इज बर्न’ र ‘शैलो’ का लागि ‘बेस्ट ओरिजिनल सङ’ ओस्कार अवार्ड जितेकी छिन् ।

रेजिना किंग 

हलिउड अभिनेत्री रेजिना किंगले फिल्म ‘इफ बील स्ट्रीट कुड टक’ को लागि उत्कृष्ट सपोर्टिङ अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । उनको लागि यो पहिलो ओस्कार अवार्ड हो । 

रुथ कार्टर 

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ की पहिरन डिजाइनर रुथ ई कार्टरलाई ‘बेस्ट कस्ट्युम डिजाइन’ को अवार्ड प्राप्त भएको छ । उनी एकाडेमी अवार्ड जित्ने प्रथम  अश्वेत महिला हुन् । साथै ‘मार्वल सिनेमेटिक यूनिभर्स फिल्म’ स्टूडियोको पनि यो पहिलो ओस्कार अवार्ड हो ।

एजिजाबेथ चाय वासरेली र श्यानन डिल

एलिजाबेथ चाय भासरेली (Elizabeth Chai Vasarhelyi) । श्यानन डिल (Elizabeth Chai Vasarhelyi) लाई ‘बेस्ट डकुमेन्ट्री फिचर’ प्रदान गरिएको छ । उनीहरुको डकुमेन्ट्रीको शीर्षक ‘फ्रि सोलो’ हो । 

डोमी शी र बेकी नीमन

डोमी शी (Domee Shi ) र बेही नीमन (Becky Neiman ) द्वारा निर्मित एनिमेटेड फिल्म ‘बाओ’ ले ओस्कार अवार्ड जित्न सफल भएको छ ।  उनीहरुलाई सर्वश्रेष्ठ लघु एनिमेटेड श्रेणीबाट अवार्ड प्रदान गरिएको हो ।

केट बिस्को र प्याट्रिसिया डेह्यानी

फिल्म ‘भ्वाइस’ मा मेकअप र हेयर स्टाइलिङको लागि केट र प्याट्रिसियालाई अवार्ड प्रदान गरिएको हो ।

जामे रे न्यूम्यान 

इजरायली जामे रे न्यूम्यान (Jaime Ray Newman ) को फिल्म ‘स्किन’ लाई ‘बेस्ट लाइब एक्शन शर्ट’ श्रेणीको  लागि ओस्कार अवार्ड दिइएको हो । 

हन्न बीचवाला

हलिउड फिल्म प्रोड्युसर हन्ना बीचलर (Hannah Beachler) को फिल्म ‘ब्लाक प्यान्थर’ को लागि ओस्कार अवार्ड दिइएको हो । यो पुरस्कार उनले ‘बेस्ट प्रोडक्शन डिजाइन’ को श्रेणीमा प्राप्त गरेकी हुन् । 

नीना हार्टस्टोन

फिल्म ‘बोहेमियन र्याप्सोडी’बाट नीना हार्टस्टोनले ‘सर्वश्रेष्ठ साउन्ड एडिटिङ (साझा) को लागि अवार्ड जितेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप