आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

प्रभासलाई एयरपोर्टमा थप्पड हानेर भागिन् प्रशंसक, त्यसपछि ‘बाहुबली’ को यस्तो प्रतिक्रिया

मङ्गलबार, २१ फागुन २०७५, १२ : ३४
मङ्गलबार, २१ फागुन २०७५

बाहुबली फेम प्रभास आजकाल आफ्नो अर्को फिल्म ‘साहो’ को सुटिङ मा व्यस्त छन् । बाहुबली रिलिज भएको दुई वर्ष बितिसकेको छ । त्यसपछि प्रभासको कुनै फिल्म रिलिज भएको छैन । तर पनि प्रभास मानिसहरुमाझ निकै चर्चित छन् ।  

प्रभासलाई हालै एयरपोर्टमा देखिएको थियो । उनलाई एयरपोर्टमा देखेर उत्साहित भएकी एक प्रशंसक उनलाई थप्पड नै हानेकी छिन् – तर हल्का तरिकाले ।

वास्तवमा, ती प्रशंसकले एयरपोर्टमा प्रभासलाई रोकिन् र उनीसँग तस्बिर खिचाइन् । ती प्रशंसक निकै उत्साहित देखिएकी थिइन् । फोटो खिचाएपछि ती प्रशंसकले प्रभासलाई गालमा हल्का तरिकाले थप्पड हानिन् ।

त्यसपछि उनले आफ्नो गाला सुम्सुम्याउँदै अर्का प्रशंसकसँग फोटो खिचाउन थाले । प्रभास र उनकी चुलबुले प्रशंसकको भिडियो भारतीय सोसल मिडियामा पनि निकै चर्चित भइरहेको छ ।

स्मरण रहोस्, प्रभासलाई ६ हजार विवाह अफर आएको थियो तर उनी अहिले आफ्नो करियरमा केन्द्रीत हुन चाहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप