करीनाका छोरा तैमूरसँग ‘डेट’ जान चाहान्छिन् यी अभिनेत्री
मुम्बई – सेलीबे्रटी मात्र होइनन् उनीहरुका सन्तानको बारेमा पनि निकै चर्चा हुने गर्छ बलिउडमा । धेरैजसो अभिनेता तथा अभिनेत्रीका सन्तान पनि बलिउडमा प्रवेश गरेर आफ्नो स्थान बनाइसकेका छन् । परिवार नै बलिउडमा लाग्ने प्रवृति व्याप्त छ बलिउडमा । जसको कारण समयसमयमा भाई–भतिजावाद ( Nepotism) को विषयलाई लिएर विवाद बल्झने गर्छ ।
यस्तैमा, यतिवेला सबैको नजरमा परेका छन् अभिनेत्री करीना कपूर तथा अभिनेता सैफ अली खानका छोरा तैमुर खान । सानै उमेरमा उनको चर्चा शिखरमा छ । धेरैजना सामाजिक सञ्जालको तस्बिरमार्फत उनको फ्यान भइसकेका छन् ।

उनीसँग निकट भविष्यमा नै काम गर्न चाहेको अभिनेत रणवीर सिंहले बताएका छन् । उनले करण जोहरको कार्यक्रममा तैमुरसँग काम गर्न रहर लागको बताएका थिए ।
यता, अभिनेत्री तापसी पन्नूले तैमुरसँग ‘डेट’ जान चाहेको खुलाएकी छिन् । उनले भारतीय मिडियाको कार्यक्रम ‘बलिउड हंगामा’ लाई अन्तर्वार्ता दिँदै आफूलाई तैमूरसँग ‘डेट’ जान मन लागको बताएकी हुन् । तपाईं बलिउडका कुन अभिनेतासँग डेज जान चाहानुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘ बलिउड ? के म तैमूरसँग डेट जान सक्छु ?’
तापसी अहिले उनको आउँदै गरेको फिल्म ‘बदला’ को रिलीजको तयारीमा छन् । मार्च ८ रिलीज मिति तोकिएको फिल्ममा अमिताभ बच्चन र अमृता सिंहको महत्वपूर्ण भूमिका रहेको छ । सुन्जाय घोषको निर्देशनमा तयार भएको यो फिल्मलाई शाहरुख खानको प्रोडक्शन हाउस ‘रेड चिलीज इन्टरटेन्टमेन्ट’ ले उत्पादन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण