बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लवलाई मन्त्री ज्ञवालीको चेतावनी : ध्वंसात्मक गतिविधि सरकारलाई मान्य छैन

शुक्रबार, २४ फागुन २०७५, १४ : ४०
शुक्रबार, २४ फागुन २०७५

 परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कैलाली घटनामा अदालतबाट दोषी ठहरिएका सांसद रेशम चौधरीका विषयलाई दिएर राष्ट्रिय जनता पार्टीलाई उत्तेजित नहुन आग्रह गरेका छन् ।

उनले गृह जिल्ला गु्ल्मीको सदरमुकाम तम्घासमा शुक्रबार नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राजापालाई त्यस्तो आग्रह गरेका हून् ।

‘सम्मानित अदाललको आदेशलाई पालन गर्नुपर्छ, हामीले न्यायलयको स्वतन्त्र भूमिका चाहन्छौँ र संविधानले पनि त्यही भूमिका दिएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘चित्त नबुझे पुनारावेदन जाने ठाउँ छँदैछ । तर, अदालतले जुन फैसाला  गरेको छ त्यसलाई पालना गर्नुपर्छ । अनावश्यक रुपमा प्रतिकृयात्मक नहुन म राजापा नेपाललाई अनुरोध गर्दछु, यसमा धेरै रियाक्टिभ हु्न जरुरी छैन ।’

उनले राजापाले सरकारलाई  दिएको समर्थन फिर्ता गर्दा गणीतिय हिसावले फरक नपर्ने भएपनि सरकार सबैसँग मिलेर जान चाहेकोले अदालतको बिषयलाई लिएर सरकारसँग त्यस्तो टकराव नगर्न आग्रह गरे ।

त्यस्तै उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिसांको राजनीति परित्याग गर्न अपिल गरेका  गरेका छन् । उनले  सो पार्टीलाई हिसांको बाटो गलत भएको भन्दै तुरुन्त त्यो बाटो परित्याग गर्न समेत आग्रह गरे । १० बर्षे जनयुद्धले १७ हजार मानिसको ज्यान लिएको स्मरण गर्दै उनले सिमित ब्यक्ति वा समु्हको आत्मातुष्टिका लागि  रोजिएका हिंसाका बाटाहरु किमार्थ पनि उचित नभएको भन्दै बिशेषतः युवाहरुलाई वाहवमा नलाग्न अनुरोध गरे ।

उनले केहि दिन अघि नख्खुमा एक जना बाटो हिँडिरहेको सर्वसाधरणको ज्यान लिएको भन्दै अब त्यस्तो हुन नदिन सरकार कडा रुपले प्रस्तुत हुने चेतावानी समेत दिए । विप्लव माओवादीप्रति सरकारको धारणाबारे ज्ञवालीले भने–‘अहिले सरकार आक्रामक छैन पहिले आग्रह गर्दछौँ । यदी आग्रहलाई वेवास्था गरि ध्वंसात्मक  गतिविधिहरु भए त्यो सरकारलाई मान्य हुने छैन ।’

मन्त्री ज्ञवालीले सरकारको  बचाउँ गर्दै पहिलो वर्ष कानुन, संघिय संरचना र समृद्धिको जग निर्माण गरेको,  दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई बलियो बनाएको र अमेरिका लगायतका मुलुक संग नेपालको छबिलाई चिनाउन सफल भएको दावी गरे । छिमेकी देशहरु भारत र चिनसंग नेपाललाई रेल मार्गबाट जोडने कार्य भईरहेको भन्दै नेपालको ब्यापारलाई थप मजबुद बनाउने बिश्वास पनि ब्याक्त गरे ।

 सरकारले अहिले आर्थिक बिकासको जग बसालकोे भन्दै यहि  जगको आधारमा नेपालमा दुर्त गतिमा बिकास गरेरै छाडने दाबी गरे । आगामी दिनहरुमा अब जनताहरुले दिएको मतको आफै जनतालाई संतुष्टि प्राप्त हुने भन्दै जनतालाई निराश नहुन पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप