जनमतसंग्रहबाट देश अलग गर्ने सिके राउतको सोच छैनः गृहमन्त्री
बुटबल–गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताएका छन् ।
राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर राउतसँग सहमति भएको गृहमन्त्रीको भनाई छ ।
रुपन्देहीको भैरहवामा सोमबारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा बोल्दै बादलले जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सोच सिके राउतमा पनि नभएको बताए ।
‘नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिबद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर स्वतन्त्र मधेश गठबन्धनले प्रतिबद्धता जनाएपछि राजनीतिक सहमति भएको हो,’ बादलले भने ।
तर नेतृत्वले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकोले आइतबार जनकपुरमा सहमति विपरितको गतिविधि देखिएको दाबी गरे ।
राज्यविरोधी र व्यवस्था विरोधी तत्त्व र समूहहरुको गतिविधि नियन्त्रण गर्ने र उनीहरुलाई मुलधारमा ल्याउन सरकार निरन्तर प्रयत्नशील रहेको पनि उनले बताए ।
विप्लवलाई लक्षित गर्दै बादलले राज्यविरोधी, संविधान विरोधी र व्यवस्था विरोधी तत्वबाट शान्ति सुरक्षा र प्रगतिको लागि चुनौती भएकोले यसलाई पनि सफलतापूर्वक निष्तेज र नियन्त्रण गरिने बताए ।
हिजोबाट शूरु भएको गोष्ठीमा १२ जिल्लाका सुरक्षा निकाय प्रमुखको उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो