आमिर खानको त्यो धोकाले टुटेकी थिइन् दिव्या भारती, त्यसपछि लिइन् यस्तो बदला
दिव्या भारती एक यस्ती नायिका थिइन् जसको उदाउँदो स्टारडमले धेरैको निन्द्रा खोसेको थियो । तर यही स्टारडमका कारण आमिर खानले उनीलाई यस्तो धोका दिए जसका कारण दिव्या भित्रैदेखि टुटेकी थिइन् । तर दिव्याले पनि आमिरसँग यसको बदला लिएकी थिइन् ।
यो त्यतिबेलाको कुरा हो जब यश चोपडा फिल्म ‘डर’ बनाइरहेका थिए । यश चोपडा निकै चर्चित निर्देशक थिए । फिल्म इन्डष्ट्रिमा सबै कलाकार उनीसँग काम गर्न चाहन्थे । आमिरले पनि जब यश चोपडासँग ‘डर’ मा काम गर्ने मौका पाए तब उनले फिल्ममा हस्तक्षेप नै गर्न थाले । आमिर खान सधैं आफ्नो फिल्म र भूमिकाको विषयमा निकै ‘चुजी’ रहँदै आएका छन् त्यसकारण ‘डर’ फिल्मका लागि पनि उनले यश चोपडालाई आफ्नो रंग देखाउन सुरु गरे ।
फिल्मको मुख्य भुमिकामा दिव्या भारती थिइन् । दिव्या त्यतिबेला सुपरस्टार थिइन् । सबै उनीसँग काम गर्न चाहन्थे तर आमिर भने फिल्मको क्लाइमेक्स मात्र परिवर्तन चाहँदैनथे, दिव्या भारतीलाई हटाएर फिल्ममा जुही चावलाई राख्न चाहन्थे ।
वास्तवमा दिव्या भारतीसँग आमिरको अनुभव राम्रो थिएन । लण्डनमा भएको एक लाइभ शोको क्रममा दिव्याले आफ्नो एउटा डान्स स्टेप बिर्सिइन् । उक्त लाइभ शोमा आमिर खान उनका पार्टनर थिए । आमिरले दिव्याको गल्ती देखेपछि उनीसँगको अन्य गीतबाट पनि पछि हटे । आमिरले दिव्यालाई छोडेर जुहीसँग प्रस्तुती दिए । यसकारण दिव्याको मन टुट्यो र उनी निकै रोइन् । यसबारे दिव्याले एक अन्तर्वार्तामा बताएकी थिइन् ।
आमिरलाई यो कुराले खासै असर गरेन तर सलमानले यो सबै हेर्न सकेनन् । सलमान दिव्या भारतीको मद्दतका लागि आए । थाकेको र पेटमा चोट लागेको भएपनि सलमानले दिव्या भारतीसँग परफर्मेन्स दिए । जब दिव्यालाई भारतको ‘डर’ फिल्म अफर भयो तब उनले आमिरसँगको पुरानो कुरा बिर्सिएर ‘हुन्छ’ भनिन् । तर आमिरले पुरानो कुरा बिर्सिएका थिएनन् र फिल्मबाट दिव्यालाई हटाएर जुहीलाई राख्नुपर्ने जिद्दी गर्न थाले । अन्त्यमा यश चोपडाले दिव्यालाई हटाएर जुहीलाई फिल्ममा अनुबन्ध गर्न बाध्य भए ।
तर पछि उनलाई पनि फिल्मबाट हटाएर शाहरुख खानलाई साइन गराइयो ।
तर दिव्याले आमिरको यस्तो धोका बिर्सिएकी थिइनन् । उनले यसको बदला फिल्म ‘दिवाना’ मा लिइन् । यो फिल्ममा सुरुमा अरमान कोहलीलाई साइन गराइएको थियो । फिल्मका केही दृश्य सुटिङ पनि भइसकेको थियो । तर कुनै कारणवश अरमानले फिल्म खेल्न सकेनन् ।
त्यसपछि फिल्ममा आमिर खानलाई लिने कुरा चल्यो तर दिव्याले शाहरुखलाई भित्र्याइन् । शाहरुख पहिले नै ‘डर’ का कारण स्टार भइसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण