घोराहीको होटलमा एक युवा मृत फेला
शुक्रबार, ०१ चैत २०७५, १० : ३१
शुक्रबार विहान दाङ घोराहीको एक होटलमा एक जना युवा मृत फेला परेका छन् ।
घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् ।
दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डेका अनुसार हिजो राती त्यस होटलमा बसेका बाँठ आज विहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले ढोका फोरेर हर्दा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘हामी अहिले विहान पुगेर शव पोष्मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पुर्याएर आएका छौँ, एसपी पाण्डेले भने –‘पोष्टमार्टम रिपोर्ट आए लगत्तै घटनाको अनुसन्धान अगाडी बढाइने छ ।’
उनी घोराहीमा अटोरिक्सा चलाउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण