‘११ बुँदे सम्झौताले मधेसलाई क्रिमियाको बाटोमा लैजान सक्छ’
सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै नेपाल सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौता अमूर्त रहेको बताउँदै त्यसले मधेसलाई क्रिमियाको बाटोमा लैजान सक्ने चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको ३ नम्बरको शिल्पी भेलामा बोल्दै श्रेष्ठले ११ बुँदे सम्झौतामा नेपाल स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भए पनि स्वतन्त्र मधेसको कुरा पनि जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान खोज्ने कुरा अमूर्त रहेको बताए ।
उनले भने, ‘यो राष्ट्रघातको साधन पनि बन्न सक्छ ।’
नेता श्रेष्ठले क्रिमिया टुकेको घट्नाको उदाहरण दिँदै भने, ‘सन् २०१४ मा क्रिमियामा भएको प्रान्तीय निर्वाचनमा बहुमत प्राप्त गरेपछि त्यहाँको प्रान्तीय सरकारले प्रान्तीय सभाको निर्णयको आधारमा स्वतन्त्रताका लागि जनमतसंग्रह गराई स्वतन्त्रता हासिल गरेको र केही समयपछि रुसको २२औँ गणराज्यको रूपमा सामेल हुनुलाई जनअभिमत मानेको थियो । देश टुक्राउन नपाइने संवैधानिक व्यवस्थालाई प्रान्तीय निर्वाचनको माध्यमबाट चुनौति दिइएको थियो ।’
त्यसैले ११ बुँदे सम्झौताको परिणाम के हुने हो भन्ने सन्दर्भमा सर्तकतापूर्वक नियाल्नु पर्ने बताए ।
नेता श्रेष्ठले कार्यक्रममा थरुहट आन्दोलनका नेता रेशम चौधरीलाई आजीवन कारावास गर्नु राज्यको नश्लवादी चरित्र भएको बताउँदै राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्ने बताए । त्यसरी नै उनले नेकपा (विप्लव) समुहसँग पनि वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए ।
श्रेष्ठले शिल्पीहरूको सम्मानजनक पहिचानका लागि आफ्नो पार्टीले कुरा मात्र नगरी व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको कुरा पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण