बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा (माओवादी केन्द्र)ले भन्यो : विप्लव नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस्

विप्लवलाई पनि वार्तामा आउन आह्वान
शुक्रबार, ०१ चैत २०७५, १४ : २६
शुक्रबार, ०१ चैत २०७५

नेकपा (माओवादी केन्द्र) ले हालै सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरेको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष गोपाल किरातीले भने,‘विप्लवजीहरुले उठाउनुभएका मागहरु राजनीतिक हुन् । त्यसैले उहाँहरु पनि वार्ता तथा सहमतिमा आउनुपर्छ ।’

उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको आरोप लगाए । उनले विप्लव नेतृत्वको नेकपाविरुद्ध ओली–प्रचण्ड सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गरेका छन् । उनले अघि थपे,‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरि वार्ताद्वारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’

विप्लव समूहरलाई आफूहरुले भाईचारा मानेको भएपनि सांगठनिक र राजनीतिक रुपमा फरक–फरक ठाउँमा भएको उनको तर्क छ । उनले भने,‘हामी एक ठाउँमा छैनौं ।’

उनले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउनको लागि आफूहरुले आग्रह गरिरहेको पनि सुनाए । उनले भने,‘अहिले भीडन्त गरेर हुँदैन । प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्छ । हामी सबै माओवाद विचार मान्नेहरु जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं ।’

पार्टीले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष गोपाल किरातीले यस्तो जानकारी दिएका हुन् ।

किरातीले ईण्डो–प्यासिफिक कमाण्डमा संलग्नता र सरकार–सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको सुनाए । महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान जनविद्रोहको रणनीति लिएको पनि उनले स्पष्ट पारे ।

फरक प्रसँगमा उनले रेशम चौधरीलाई आजिवन जन्मकैद गरेको निर्णयको बारेमा टिप्पणी गर्दै भने,‘रेशम चौधरी उम्मेद्वार हुनेबेलामा वैद्यानिकता हुने अनि उनले चुनाव जितेपछि सरकारले उनीविरुद्ध जुन प्रकारको रवैया देखाएको छ, त्यो न्यायोचित छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप