लिग फुटबल दुई साता राेकियाे
एजेन्सी - बहुचर्चित युरोपका विभिन्न लिग फुटबलले दुई साता राेकिने भएकाे छ । युरोकप छनोट, अफ्रिका कप, चाइना कप र विभिन्न देशबीचको अन्तर्राष्ट्रिय मैत्री खेलका कारण लिग चरणका खेल राेकिएकाे हाे ।
लिगअन्तर्गत प्रिमियर लिग, इटालियन सिरिए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलहरु अब मार्च अन्तिमबाट सुरु हुनेछ । हालसम्म प्रिमियर लिगमा ३१ औं खेल सकिएको छ । केही टोलीले २९ औं र ३० औं खेल खेल्न बाँकी छ ।
यसैगरी सिरिए र ला लिगामा २८ औं, बुन्डेसलिगमा सबै टोलीले २६ औं, फेन्च लिग वानमा २९ औं चरणका खेल सकिएका छन् । केही टोलीले २८ औं र २९ औं खेल खेल्न बाँकी नै छ । मार्च २२ बाट अधिकांश दक्षिण अमेरिकी देशले मैत्रीपूर्ण खेल खेल्दैछन् । युरोपियन देशले मार्च २१ बाट सन् २०२० को युरो कप छनोट खेल्दैछन् । त्यसैले युरोपका लिग मार्च ३० तारिखबाट पुनः सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण