के आलियाले ड्राइभर र सहयोगीलाई उपहारमा दिइन् घर ?
बलिउड नायिका आलिया भट्टले केही दिन अघि साथीभाइ र परिवारसँग आफ्नो २६ औं जन्मदिन मनाएकी थिइन् । आलियाको जन्मदिनमा प्रेमी रणबीर कपुरले उनका लागि रोमान्टिक डेट पनि प्लान गरे । तर जन्मदिनको मौकामा आलिया भट्टले सबैभन्दा सुन्दर उपहार आफ्ना ड्राइभर र सहयोगीलाई दिइन् । रिपोर्टका अनुसार आलियाले दुबैलाई घर खरिद गर्नका लागि ५०–५० लाखको चेक दिइन् ।
भारतीय संचारमाध्यम पिंकविलाको रिपोर्ट अनुसार अािलयाको पहिलो फिल्म स्टूडेन्ट अफ द इयरदेखि अहिलेसम्म आलियाका लागि सुनिलले ड्राइभर र अनमोलले सहयोगीको काम गरिरहेका छन् । आलियाको अहिलेसम्मको यात्रामा दुबै सधैं सँगै छन् । त्यसकारण नायिकाले आफ्नो जन्मदिनको मौकामा उनीहरुलाई घर खरिद गर्नका लागि रकम दिएकी छिन् ।
आलिया चाँडै नै फिल्म कलंकमा देखिँदै छिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । आलियाले पहिलो पटक आफ्नो क्लासिकल डान्सको प्रतिभा देखाउँदै गीतमा शानदार काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण