गोल्डेन बुटकाे दाबेदार बन्दै एमबाप्पे
एजेन्सी - यस सिजनको गोल्डेन बुटको दौडमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी अगाडि छन् । ला लिगामा रियल बेटिसविरुद्ध ह्याट्रिक गरेसँगै उनले आफ्नो गोल संख्या बढाए ।
अहिले स्पेनिस ला लिगाका २८ खेल सकिँदा मेस्सीले कूल २९ गोल गरिसकेका छन् । उनी युराेपको लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष सूचीमा छन् । ला लिगामा १० खेल बाँकी रहेकाले मेस्सीले अझै अगाडि बढ्ने अनुमान गरिएको छ ।
३१ वर्षीय मेस्सी यस पटक गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । उता, मेस्सीलाई फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले टक्कर दिइरहेका छन् । दोस्रो स्थानमा रहेको एमबाप्पेले मेस्सीलाई टक्कर दिने अनुमान गरिएको हाे ।
२० वर्षीय एमबाप्पेले २६ गोल गरिसकेका छन् । एमबाप्पे मेस्सीसँग केवल ३ गोलले मात्र पछि छन् । फ्रेन्च लिग वानमा पनि अब १० खेल बाँकी छ । अन्य खेलाडी मेस्सीभन्दा निकैपछि छन् । तेस्रो नम्बरमा इटालियन क्लब साम्पडोरियका फाबियो क्वाग्लिएरिल्ला छन् । उनले २१ गोल गरेका छन् । चौथोँ नम्बरमा इटालियन युभेन्टसका क्रिस्यिानो रोनाल्डो छन् । रोनाल्डोले हालसम्म १९ गोल गरेका छन् । सिरीए मा पनि अब १० खेल नै खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण