मैत्रीपूर्ण खेलमा जर्मनीलाई धक्का
बिहीबार, ०७ चैत २०७५, ०८ : ५०
एजेन्सी - युरो कप छनोट खेलको तयारीमा रहेको जर्मनीलाई मैत्रीपूर्ण खेलमा सर्बियाले धक्का दिएकाे छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हाे ।
खेलमा १२ औं मिनेटमा सर्बियाका लुका जोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए । तर, जर्मनीलाई गोल फर्काउन लामो समय कुर्नु प-याे । ६९ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि जर्मनीले बराबरीमा पुगेको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको जर्मनीले थप गोल गर्न सकेन ।
इन्जुरी समयमा मिलान पाभकोभ रातो कार्ड पाउँदै बाहिरिएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । उनले लेरोइ सानेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । युरोकप छनोटअघि कमजोर टोलीसँगको बराबरीले जर्मनी झस्किएको छ । जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण