किरणको सानदार प्रदर्शनमा झुक्यो कुवेत
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । बिहीबार राति भएको खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङले सानदार प्रदर्शन गरेसँगै तुलनात्मक रुपमा बलियो कुवेत बराबरीमा रोकिएको हो ।
अधिकांश समय नेपालको पोस्टमा बल खेलाएको कुवेतको एक दर्जन प्रहारलाई किरणले विफल बनाएका थिए । कुवेत ६१ औं मिनेटमा पाएको पेनाल्टीमा समेत चुकेको थियो । नेपालका अजित भण्डारीले डिबक्सभित्र फल खेलेपछि रेफ्रीले कुवेतलाई पेनाल्टी दिएका थिए । कुवेतका खेलाडीको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
नेपालले ८४ औं मिनेटमा एउटा राम्रै मौका पाएको थियो । कुवेतका गोलरक्षक पोस्ट छाडेरअगाडि बढेको बेला विमल रानाले खाली पोस्टमा गोल गर्ने मौका गुमाए । खेलको अन्तिमसम्म लगातार पोस्ट प्रहार गरेको कुवेत अन्ततः गोलरक्षक किरणसँग झुक्न बाध्य भयो ।
कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले डेब्युको अवसर पाएका थिए । रवि पासवान, सन्तोष तामाङ, सुरज विक, अजित भण्डारी र विमल रानालाई प्रशिक्षक योहान कालिनले मौका दिएका थिए । नेपालले सोमबार कुवेतसँग दोस्रो खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण