करीनाले भनिन्, सैफकी पूर्वपत्नीलाई भेटेको छैन
मुम्बई – बलिउड अभिनेत्री करीना कपूरले पति सैफकी पूर्वपत्नी अमृता सिंहसँग कहिल्यै भेट नभएको खुलासा गरेकी छिन् । उनले करण जौहरको शो ‘कफि विथ करण’ मा सैफसँग बिहे गरेपछि अमृतासँग फेरि भेट नभएको बताएकी हुन् ।
उनले फिल्म ‘कभी खुशी कभी गम’ मा अमृतासँग भेट भएको बताएकी छिन् । करीनाले त्यस समयमा अमृताले सारासँग भेट गराएको समेत उल्लेख गरेकी छिन् । उनले अमृतालाई इज्जत र सम्मान गर्ने पनि बताइन् ।
उनले भनिन्, ‘सारा मेरो फ्यान थिइन् । यसकारण अमृता र मेरो भेट भएको थियो । मेरो पतिका दुई बच्चाको स्याहार अमृताले गरेकी हुन् । यसको सम्पूर्ण श्रेय अमृतालाई जान्छ ।’ उनले अमृता र सैफका दुई सन्तान आफ्नै भएको बताइन् । उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा रहँदा सैफले मलाई प्रपोज गर्दै मलाई भनेका थिए, मेरो दुई सन्तान छन् जो मेरो जीवनको हिस्सा हुन् ।’
करीना करण जौहरको शो ‘कपि विथ करण’ मा प्रियंका चोपडासँग उपस्थित भएकी थिइन् । शोमा दुवैले आफ्ना व्यक्तिगत जीवनका बारेमा थुप्रै कुराहरु खोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण