बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्घाटन खेलमा चेन्नईकाे सुखद सुरुवात

आइतबार, १० चैत २०७५, ०७ : ४४
आइतबार, १० चैत २०७५

एजेन्सी - साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेकाे हाे ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दिएको ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । सुरेश रैनाले १९ र केदार जादवले अविजित १३ र रबिन्द्र जडेजाले अविजित ६ रन बनाए । बलिङमा बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७.१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले २९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । मोइन अली र एबी डी भिलियर्सले समान ९-९ रन बनाए । कप्तान विराट कोहली ६ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले तीन-तीन विकेट लिए । रबिन्द्र जडेजाले दुई विकेट लिएका थिए । हरबजन म्यान अफ दी म्याच घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप