के गर्भवती छिन् ऐश्वर्या राय बच्चन ? नायिकाको प्रवक्ताले बताए वास्तविकता
सोमबार, ११ चैत २०७५, ०९ : १०
हालै ऐश्वर्या राय बच्चनको गोवामा श्रीमान् अभिषेक बच्चनसँगको तस्बिर भाइरल भएको थियो । यो तस्बिर सार्वजनिक भएपछि उनी गर्भवती भएको अफवाह फैलिन थालेको थियो । यद्यपि, यो अफवाह पूर्ण रुपमा आधारहीन भएको नायिकाका प्रवक्ताले जानकारी दिएका छन् ।
बलिउड लाइफमा छापिएको एक रिपोर्ट अनुसार ऐश्वर्या रायबारे फैलिएको यो खबर पूर्ण रुपमा बकवास भएको नायिकाका प्रवक्ताले बताएका छन् । उनले क्यामराको खराब एंगलका कारण यस्तो भएको स्पष्टिकरण दिएका छन् ।
स्मरण रहोस्, ऐश्वर्या र अभिषेकको भेट सन् २००० मा फिल्म ‘ढाई अक्षर प्रेम के’ सेटमा भएको थियो । त्यसपछि दुबैले सन् २००७ मा विवाह गर्ने निर्णय गरेका थिए । सन् २०११ मा आराध्याको जन्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण