‘छपाक’ मा दीपिकाको बदलिएको रुप
एजेन्सी – बलिउडका प्रायः फिल्महरु सफल हुन्छन् । एउटा फिल्मको सफलताको लागि अभिनेता, अभिनेत्री तथा निर्देशक लगायत फिल्म टिमले कडा मेहेनत गर्ने गर्छन् । फिल्मको पात्रलाई चरित्रमा उतार्नका लागि कलाकार आफैँले पनि वर्ष दिनसम्म पनि मेहेनत गर्ने कारण नै बलिउड उद्योग सफलताको शिखरमा छ ।
यसैबीच, सोमबार सार्वजनिक भएको फिल्म ‘छपाक’ को पहिलो लुकमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हेर्दा उनलाई चिन्न निकै मुश्किल पर्छ । एसिड आक्रमणमा परेर बाँच्न सफल भएकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्मको पहिलो तस्बिरमा दीपिका पादुकोण हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छिन् ।
तस्बिरमा दीपिकाको आँखा छाएको उदासीनता सँगसँगै आशाका किरणहरु पनि देख्न सकिन्छ । ‘फस्र्ट लुक’ सार्वजनिक भएको उक्त फिल्मको रिलीज मिति १० जनवरी २०२० तोकिएको छ । फिल्ममा दीपिकाको नाम मालती हुनेछ । फिल्ममा दीपिका पादुकोण, विक्रान्त मैसी जस्ता कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मको शुटिङ दिल्लीमा शुरु भएको स्रोतले जनाएको छ । फिल्ममा मेघना गुलजारको निर्देशन रहेको छ भने दीपिकाको आफ्नै उत्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण