आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सेलीब्रेटी सन्तानः अब तैमूर बिस्कुट बजारमा

बुधबार, १३ चैत २०७५, ०८ : ४०
बुधबार, १३ चैत २०७५

एजेन्सी – अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमुर खान जन्मिएदेखि नै चर्चामा छन् । उनको प्रचार कुनै सेलीब्रेटीको भन्दा कम हुँदैन । ‘क्यूट’ लुक्सको कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । 

कुनै न कुनै कारण चर्चामा आइरहेका तैमूर यतिबेला बिस्कुटको कारण चर्चामा छन् । बजारमा तैमूरको तस्बिर भएको बिस्कुट भेटिएपछि उनी पूनः एकपटक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

भारतीय सञ्चार माध्यम डीएनएको रिपोर्ट अनुसार कस्टमाइज कुकीज बनाउने एउटा बेकरीमा तैमूर कुकीज पाइन्छ । उक्त बेकरीले एउट अवार्ड कार्यक्रममा आउने पाहुनालाई तैमूरको तस्बिर भएको बिस्कुट बाँडेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप