आइपीएल क्रिकेटमा हैदरवादको पहिलो जित
एजेन्सी - सनराईजर्स हैदरवादले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई पाँच विकेटले हराउँदै पहिलाे जित दर्ता गराएकाे हाे । हैदरवादस्थित राजिब गान्धी स्टेडियममा राजस्थानले दिएको एक सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
हैदरवादको जितमा ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ खेले । बल टेम्परिङको एक वर्षे प्रतिबन्धपछि पहिलो ठूलो प्रतियोगिता खेलेका बार्नरले ३७ बलमा ९ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका थिए । जोनी बैरस्टोले ४५, विजय शंकरले ३५, युसुफ पठान १६ र राशिद खानले अविजित १५ रन बनाए । बलिङमा राजस्थानका श्रेयस गोपालले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले अविजित १०२ रनको सतकीय इनिङ खेले । सतक बनाउने क्रममा उनले ५५ बलमा १० चौका र चार छक्का हानेका थिए । जारी आइपीएलमा यो पहिलो सतक हो ।
कप्तान अजिंका रहानेले ७० रन बनाए । बेन स्टोक्सले अविजित १६ रन जोडे । बलिङम हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । जितसँगै दुई खेलबाट दुई अंक बनाएको हैदरावाद चौथो स्थानमा छ । दुवै खेल हारेको राजस्थान अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण