राष्ट्रिय टोलीमा आलोचित बनेका मेस्सी ला लिगामा प्रभाव जमाउन सफल
एजेन्सी - राष्ट्रिय टोलीमा गोल गर्न नसक्दा आलोचित बनेका कप्तान लियोनल मेस्सीकाे दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पान्योललाई २–० गोलले पराजित गरेको छ । एक साताको आरामपछि खेलमा फर्केका उनले आफ्नो प्रभाव जमाउन सफल भएका हुन् । नौ महिनापछि राष्ट्रिय टोलीमा फर्केका मेसी भेनेजुएलासँगको मैत्रीपूर्ण खेलमा प्रर्दशन गर्न नसक्दा पराजित भएको थियो ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको ७१ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । स्पान्योलका भिक्टर सान्चेजले मेस्सीलाई डिबक्स छेउमा लडाएपछि मौका पाएको थियो ।
खेलको ८९ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सहज बनाए । उनले माल्कमको पासमा दोस्रो गोल गरेका थिए । शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २९ खेलबाट ६९ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा १० अंकअगाड िछ । ३४ अंक बनाएको स्पान्योल १४ औं स्थानमा छ ।
शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिकोले डिर्पोटिभो अलाभेसलाई ४–० गोलले हराएको छ । एक पक्षीय जितसँगै एट्लेटिकोले २९ खेलबाट ५९ अंक बनाएको छ । अलाभेस ४४ अंक सहित पाँचौं स्थानमा छ । अर्को खेलमा लेगानेसले गेटाफेलाई २–० गोल तथा सेल्टाभिगोले भिल्लारियललाई ३–२ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण