आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सारा अली खानले शाहरुखलाई ‘अंकल’ भन्दा भड्किए प्रशंसक

सोमबार, १८ चैत २०७५, १४ : ०४
सोमबार, १८ चैत २०७५

सारा अली खान पनि सोसल मिडिया प्रयोगकर्ताको निशानामा परेकी छिन् । हालै आयोजित फिल्मफेयर अवार्डको क्रममा उनले शाहरुख खानलाई ‘अंकल’ भनिन् जसका कारण शाहरुखका प्रशंसक रिसाएका छन् । उनीहरुले सारालाई सोसल मिडियामा ट्रोलसमेत गरेका छन् ।

के भनेकी थिइन् साराले ?

साराले अवार्ड नाइटको रेड कार्पेटमा अन्तरवार्ता दिँदै भनेकी थिइन्, ‘मलाई याद छ मेरा बुवा (सेफ अली खान) शाहरुख अंकलसँग फिल्मफेयर होस्ट गर्ने गर्दथे । मलाई यो देख्दा निकै मज्जा आउँथ्यो ।’

उनको यो बयानपछि शाहरुखका प्रशंसकले यति सुन्दर शाहरुखलाई साराले कसरी अंकल भन्न सक्छिन् भनेर रिस पोख्दै ट्रोल गर्न सुरु गरे । यद्यपि केही ट्वीटर प्रयोगकर्ताले साराको पक्ष पनि लिए र साराले शाहरुखको सम्मानस्वरुप ‘अंकल’ भएको बताए ।

सारा–शाहरुखमाथि यसरी भिडे ट्वीटर प्रयोगकर्ताः

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘सारा अली खानले शाहरुखलाई फिल्मफेयरमा अंकल भनेपछि मानिसहरुले उनलाई ट्रोल गरिरहेका छन् । ५० वर्ष माथिका एक पुरुष जो वास्तवमा उनका बुवाभन्दा जेठो छन्, उनलाई  एक २३ वर्षकी युवतीले के भनेर बोलाउने ? मूर्ख प्रशंसकले उनका हिरो अंकल भन्न लायक भइसकेको कुरालाई स्विकार्नु पर्छ । ’

गौतम गम्भीर नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि सारा अली खानसँग रिसाएको छु र उनलाई ट्रोल गर्नेहरुको समर्थनमा छु । उनले हजुरबुवाका उमेरका शाहरुखलाई कसरी अंकल भन्न सकिन् ?’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘बच्चाहरुले आफ्ना अभिभावकका सहकर्मीलाई अंकल, आन्टी, सर, म्याडम नभने के भन्ने ? अचम्मको कुरा के छ भने शाहरुखका प्रशंसकले सारालाई ट्रोल गरिरहेका छन् । के आचरण र एटीकेट्सका बेसिक म्यानर्स स्टार किड्सले फलो गर्नुपर्दैन ?’

एक प्रयोगकर्ताले लेखे, ‘शाहरुखले अमिताभलाई अंकल भनेको खण्डमा कस्तो होला ? अंकल भनेर बोलाउँदा मानहानी भयो भन्न खोजेको होइन तर सर भनेको भए अझ राम्रो हुनेथियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप