बार्सिलोनालाई स्वारेजले हारबाट जोगाए
एजेन्सी - लुईस स्वारेजलेले खेलको अन्तिममा गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले कमजोर टोली भिल्लारियलसँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
भिल्लारियलको मैदानमा भएको खेलकाे सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले १२ औं मिनेटमा पहिलो गोल गरेका थिए । १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि २३ औं मिनेटमा भिल्लारियलका स्यामुयल चुकवाजाईले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । कालटोको इकाम्बीले ५० औं मिनेटमा थोल गर्दै खेललाई बराबरीमा लगे । ६२ औं मिनेटमा भिसेन्टे इबोराले गोलगर्दै भिल्लारियललाई अगाडी बढाए । ८० औं मिनेटमा कार्लोस बाकाले गोल गरेपछि भिल्लारियललाई ४–२ गोलको अवस्थामा पुगेकाे थियाे ।
बार्सिलोनाका लागि खेलको अन्तमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । मेस्सीले ९० औं र स्वारेजले इन्जुरी समयमा गोल गर्दै बार्सिलानालाई हारबाट जोगाएका थिए । यस नतिजाले शीर्ष स्थानको बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ । रेलिगेशनबाट जोगिन संघर्षरत भिल्लारियल ३० अंकसहित १७ औँ स्थानमा छ ।
यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले गिरोनालाई २–० गोलले हरायो । एट्लेटिकोको जितमा डिएगो गोडिनले ७६ औं र एन्टोइन ग्रीजम्यानले ९० औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले ६२ अंक बनाएको छ । ३४ अंक बनाएको गिरोना १४ औं स्थानमा छ । अर्को खेलमा गेटाफे र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण