बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कप्तान कोहलीकाे टिम सात विकेटले पराजित

बुधबार, २० चैत २०७५, ०८ : १५
बुधबार, २० चैत २०७५

एजेन्सी - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले 
पराजित गरेकाे हाे ।

बैंगलोरले दिएको एक ५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । राजस्थानको जितमा जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ खेले । स्टिभ स्मिथले ३८, राहुल त्रिपाठीले ३४ र कप्तान अजिंका रहानेले २२ रन बनाए । बलिङमा बैंगलोरका युजभेन्द्र चाहलले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीय इनिङ खेले । मार्कुस स्टोनिसले अविजित ३१, कप्तान विराट कोहलीले २३, मोइन अली अविजित १८ र एबी डी भिलियर्सले १३ रन बनाएका थिए । बलिङमा राजस्थानका श्रेयस गोपालले तीन विकेट लिए । जितसँगै राजस्थानले चार खेलबाट दुई अंक बनाएको छ । बैंगलोरको यो लगातार चौंथो हार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप