कंगनाका लागि किन एकाएक परिवर्तन भए करण जोहर ? दिए यस्तो अभिव्यक्ति
करण जोहर र कंगना रनोटको झगडा कसैबाट लुक्न सकेको छैन । उनीहरु एक–अर्काविरुद्ध लगातार बयानबाजी गर्दै आएका छन् । तर हालै करण जोहरको कंगनाका लागि रवैया परिवर्तन भएको छ । उनले कंगनाको तारिफसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘कंगना इन्डष्ट्रिकी उत्कृष्ट नायिकामध्येकी एक हुन् । म भविष्यमा उनीसँग काम गर्न चाहन्छु ।’
च्याट शोमा भएको थियो झगडाः
दुई वर्षअघि कंगना करणको च्याट शो ‘कफी विद करण’ मा पुगेकी थिइन् । कार्यक्रममा कंगनाले करणमाथि नेपोटिजम (भाइभतिजावाद) को आरोप लगाएकी थिइन् , उनले भनेकी थिइन्, ‘करणले यो क्षेत्रमा भाइभतिजावादलाई प्रोत्साहन दिन्छन् । उनी फिल्मका माफिया हुन् र सेलिब्रिटीका सन्तान र उनीहरुका आफन्तसँग मात्रै काम गर्छन् । ’
कंगनाको यो बयानपछि करण निकै रिसाएका थिए र उनी धेरैजसो कंगनाबाट टाढै बस्दथे ।
कंगनामाथि करणको कटाक्षः
यस्तै, केही हप्ताअघि करणले एक अन्तरवार्तामा कंगनामाथि कटाक्ष गरेका थिए । युट्युबर भुवन बामको कार्यक्रममा पुगेका करणले केही यस्ता व्यक्ति छन् जसले भाइभतिजावादलाई मन नपराउने बताएका थिए । यसबारे उनले भने, ‘तर उसलाई मन नपरे अरुलाई त पक्कै मनपर्छ । त्यसकारण मैले ती व्यक्तिलाई सबै कुरा गर्नका लागि छोडिदिएको छु र म आफ्नो काम गरिरहेको छु । ’
करणको इशारा कंगनाप्रति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण