सोनम कपूरले सेयर गरिन् स्विमसुटको फोटो, उडाइयो मजाक
बलिउड नायिका सोनम कपुरको अभिनयका साथै फेशनका पनि लाखौं प्रशंसक छन् । उनलाई बलिउडकी ‘फेशनिस्ता’ भन्नेहरु धेरै छन् । क्याजुअलदेखि रेड कर्पेट लुकसम्म सोनमको स्टाइल गेम सधैं उत्कृष्ट हुन्छ । सोनमलाई नयाँ फेसनसँग एक्सपेरिमेन्ट गर्न निकै मनपर्छ साथै उनी भिन्टेज स्टाइलकी प्रशंसक हुन् । सोनम सोसल मिडियामा निकै सक्रिय रहन्छिन् र उनी आफ्नो फोटो पोष्ट गरिरहन्छिन् ।
हालै, सोनमले एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यसमा सोनम पहेँलो रङको स्विमसुटमा देखिएकी छिन् । फोटो पोस्ट गर्दै उनले लेखिन्, ‘यो समरको फ्ल्यासब्याक । मलाई भिन्टेज स्टाइल स्विमसुट निकै मनपर्छ । ’
सोनमको यो बोल्ड लुक पुरानो हो । उनी यो फोटो पुनः सेयर गरेर गर्मीलाई स्वागत गरिरहेकी छिन् । सोनमको यो हट लुक केही सोसल मिडिया प्रयोगकर्तालाई खासै मन परेन त्यसकारण उनको मजाक उडाइरहेका छन् ।
एकतर्फ यो फोटोमा निकै सुन्दर भन्दै कमेन्ट पनि आइरहेका छन् भने कतिले सोनमको लुक अत्यधिक फोटोसप गरिएको आरोप लगाए । एक प्रयोगकर्ताले फोटोमा अत्यधिक फोटोसप गरिएको भन्दै अनुहार र गर्धन पनि फोटोसप गरिएको झैं देखिने बताए । यसबाहेक प्रयोगकर्ताहरुले सोनमको यो फोटो दीपिका पादुकोणको जस्तो देखिने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण