जयाले लेखेकी थिइन् अभिताभ बच्चनको यो सुपरहिट फिल्म
एजेन्सी – बलिउड उद्योगमा सानदार यात्रा तय गरेकी अभिनेत्री जया बच्चनले सुपर स्टार अमिताभ बच्चनसँग बिहे गरेपछि अभिनयबाट टाढिइन् । तर, उनले जीवनमा जतिवटा फिल्ममा काम गरिन् आफ्नो प्रखर अभिनय र मेहेनतले सबैको मन जित्न सफल भइन् ।
सन् १९४८ को अप्रिल ९ मा मध्यप्रदेशको जबलपुरमा जन्मिएकी जयाले अत्याधिक चर्चित फिल्म ‘गुड्डी’, ‘मिली’, ‘बावर्ची’, ‘परिचय’ र ‘कोशिश’ जस्ता फिल्ममा काम गरिन् । जसले उनलाई सधै सफलताको शिखरमा राखिरह्यो ।
सन् १९७३ मा महानायक अमिताभ बच्चनसँग बिहे गरेकी जयाले अमिताभसँग पहिलोपटक सन् १९७२ मा फिल्म ‘बंसी बिरजू’ मा काम गरेकी थिइन् । त्यसपछि उनले अमिताभसँग थुप्रै फिल्म खेलिन् जसमध्ये ‘जंजीर’, ‘अभिमान’, ‘चुपके चुपके’, ‘मिली’, ‘शोेले’ र ‘कभी खुशी कभी गम’ सुपरहिट भयो ।
१५ वर्षको कलिलै उमेरमा अभिनयको क्षेत्रमा प्रवेश गरेकी जयाले सन् १९६३ मा निर्देशक सत्यजित रे को बंगाली फिल्म ‘महानगर’ मा सहायक अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । त्यसपछि निर्देशक रेले उनलाई आ फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा भर्ना गरिदिए । जहाँबाट जयाले गोल्ड मेडल जितिन् ।
उनले सन् १९८८ मा अमिताभ बच्चनको फिल्म ‘शहंशाह’ लेखेकी थिइन् । फिल्म ‘शोले’ को शुटिङको क्रममा जया बच्चन गर्भवती थिइन् । उनले उक्त फिल्ममा ‘राधा’ को भूमिका निभाएकी थिइन् ।
जयाले मूख्य भूमिकामा सन् १९८१ मा अन्तिम पटक फिल्म ‘सिलसिला’मा काम गरेकी थिइन् । त्यसपछि १८ वर्षको अन्तरालमा उनले सन् १९९८ मा गोविन्द निहलानीको फिल्म ‘हजार चौरासी की मां’ मा काम गरिन् । त्यसपछि उनले ‘कभी खुशी कभी गम’, ‘कल हो ना हो’ र ‘फिजा’ मा काम गरिन् ।
फिल्म क्षेत्रबाट टाढिएकी जया सन् २००४ मा समाजवादी पार्टीको तर्फबाट राज्यसभाको सदस्य बनिन् । उनलाई सन् १९९२ मा ‘पद्यश्री’ बाट सम्मान गरिएको थियो । उनले थुप्रै फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण