बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोर्टाेमाथि लिभरपुलको सहज जित

बुधबार, २७ चैत २०७५, ०९ : ०६
बुधबार, २७ चैत २०७५

एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित हात पारेको छ । लिभरपुलले मंगलबार राति घरेलु मैदानमा पोर्टाेलाई २–० गोलले हराउँदै जित हात पारेकाे हाे ।

लिभरपुलको जितमा नावी केइटा र रोवर्टाे फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा गरेको लिभरपुलले पाँचौ मिनेटमा केइटाको गोलमा खाता खोलेको थियो । केइटाले रोबर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए । रोबर्टाेले २६ औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा लगातार गोल गर्ने मौका बनाए पनि लिभरपुल सफल हुन सकेन । पोर्टोले पनि केही राम्रा मौका गुमाएका थिए ।

यस जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पोर्टोलाई भने अघिल्लो चरणमा पुग्न अर्को खेलमा फराकिलो जितको आवश्यकता छ । दोस्रो लेग अर्को साता पोर्टोको घरेलु मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप