यी नायिकाले महिलालाई भोको राखेर बनाउँथिन् यौन दासी, अदालतमा यति रोइन् कि न्यायाधीशले दिए ‘टिस्यू’
एक चर्चित अमेरिकी नायिकाले महिलालाई ब्ल्याकमेल गरेर यौन दासी बनाएको कुरा अदालतसामू मंगलबार स्विकारेकी छिन् ।
३६ वर्षीया नायिका एलिसन म्याक न्यूयोर्कको एक अदालतमा सोमबार पेश भएकी थिइन् । NXIVM नामको एक संस्था आफूलाई ‘सेल्फ हेल्प ग्रुप’ भएको दाबी गर्छ र यसै संस्थासँग मिलेर महिलालाई ब्ल्याकमेल गरेको उनीमाथि आरोप लागेको छ ।
NXIVM संस्था नीजि एवं व्यवसायिक उत्थानका लागि सेमिनार र कक्षाको आयोजना गर्ने गर्छ । एलिसन म्याकले जबर्जस्ती पैसा असुल गरेको र जबर्जस्ती काम गरेको आरोप पनि स्विकारेकी छिन् ।
NXIVM संस्थामा नै डिओएस नामको शेडी ग्रुप बनाएको थियो । अभियोजन पक्षका वकिलका अनुसार महिलालाई भोका राखिन्थ्यो र उनलाई सेक्सका लागि तयार गरिन्थ्यो ।
नायिका एलिसन म्याकले डिओएसको हिस्सा भएको पनि स्विकार गरिन् । उनले महिलालाई बन्धक बनाएर राख्थिन् र सेवा दिन बाध्य बनाउँथिन् । उनका अनुसार एउटा यस्तो सिस्टम बनाइएको थियो जहाँ महिलाले सेवा नदिए उनीहरुको भारी क्षती हुन्छ भनेर सोच्न बाध्य बनाइन्थ्यो ।
द सनका अनुसार अमेरिकी टिभी शो Smallville मा काम गर्ने नायिका अदालतमा यति धेरै रोइन् कि न्यायाधिस निकोलस गाराउफिसले उनलाई टिश्यू दिए ।
उनले रुँदै भनिन्, ‘आफ्नो कृत्यका लागि मैले जिम्मेवारी लिनैपर्छ । यसका लागि म तपाईंहरुसँग माफी माग्न चाहन्छु ।’
‘म आफ्नो परिवारसँग पनि माफी माग्न चाहन्छु । मैले दुःख पुर्याएका ती सबै राम्रा व्यक्तिसँग पनि माफी माग्न चाहन्छु ।’
म्याकलाई २० वर्षको जेल सजाय तोकिएको छ ।
![]()
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण