बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युनाइटेडको आत्मघाती गोलमा बार्साको जित

बिहीबार, २८ चैत २०७५, ०८ : १९
बिहीबार, २८ चैत २०७५

एजेन्सी - म्यानचेस्टर युनाइटेडका लुक शअको आत्मघाती गोल सहयोगमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हरायो । १२ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा लुइस स्वारेजको हेड प्रहार लुक शअलाई लाग्दै गोल भएको थियो । उक्त गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता दिइएका थिए ।

बार्सिलोनाले खेलको सुरुवातदेखि युनाइटेडलाई दबाब दिए पनि थप गोल गर्न सकेन । युनाइटेडले पनि राम्रा मौका गुमाएको थियो । युनाइटेड अहिलेसम्म आफ्नो मैदानमा बार्सिलोनासँग हारेको थिएन ।

यस जितसँगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडसँग अर्को साता दोस्रो लेग खेल्नेछ । युनाइटेडलाई भने सेमिफाइनलमा पुग्न दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप