बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बराबरीमा रोकियो रोनाल्डोको युभेन्टस

बिहीबार, २८ चैत २०७५, ०८ : २६
बिहीबार, २८ चैत २०७५

एजेन्सी - सुपर स्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा इटालियन क्लब युभेन्टस डच क्लब आयक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टस आयक्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

आयक्सको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरीमा चिक्त बुझाएको थियो । चोटका कारण एक महिनापछि मैदानमा फर्किएका रोनाल्डोले ४५ औं मिनेटमा गोल गर्दै युभेन्टसको उत्साह बढाएका थिए । रोनाल्डोले डाइभिङ हेड गोल गरेका थिए ।

पहिलो हाफमा पछि परेको आयक्सले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ४६ औं मिनेटमा डेभिड नेरिसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा युभेन्टसले सुनौला अवसर खेर फालेको थियो ।

पहिलो लेग बराबरीसँगै दुवै टोलीले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेका छन् । दोस्रो लिग अर्को साता युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप