एक अर्कासँग भिडे अमिताभ–शाहरुखः बच्चन रिसाएपछि खानले कुरा फेरे
७६ वर्षका अमिताभ बच्चन र ५३ वर्षका शाहरुख खान धेरैजसो एक–आपसमा ठट्टा गरिराख्छन् । हालै अमिताभ बच्चनले शाहरुखप्रति असन्तुष्टि व्यक्त गर्दा उनीहरुबीच पुनः तिता–मिठा विवाद सुरु भयो । वास्तवमा, अमिताभ बच्चनले शाहरुख खानको निर्माण कम्पनी रेड चिलिजको ब्यानरमा बनेको फिल्म ‘बदला’ मा काम गरे जुन बक्सअफिसमा हिट रह्यो । तर फिल्मनिर्मातादेखि डिष्ट्रिब्यूटर्ससम्म कसैले पनि यसको प्रशंसा नगर्दा बिग बीले असन्तुष्टि व्यक्त गरेका छन् ।
– अमिताभले एक ट्वीटलाई री–ट्वीट गर्दै लेखे, ‘निकै लामो समयपछि कसैले यो ‘साइलेन्ट सक्सेस’ बारे कुरा गर्यो । किनभने न त निर्माता, न डिष्ट्रिब्यूटर्स, न लाइन निर्माता र न नै यो क्षेत्रका कसैले पनि एक न्यानो सेकेन्डका लागि फिल्मको सफलताको प्रशंसा गर्ने समय निकाल्न सकेनन् । धन्यवाद ।’
... about time someone started talking about this silent success .. !! because neither the Producer, nor the distributor, nor the on line Producer, or any else in the Industry, in general .. has even spent a nano second to compliment the success of this film #Badla .. thk u https://t.co/nglxm4f9bH
— Amitabh Bachchan (@SrBachchan) April 9, 2019
वास्तवमा, एसएससी–साइन्स स्पोर्टस सिनेमा नामको ट्वीटर ह्यान्डलसँग ‘बदला’ को कलेक्सन सेयर गरेर बिग बी र उनकी नायिका तापसी पन्नुको तरिफ गर्दै लेखेको थियो, ‘फिल्कले ८५ करोडको ल्याण्डमार्क छुन्छ भनेर अनुमान गरिएको थियो । भारतमा ८५.५६ करोड, विश्वव्यापी रुपमा १३५.६५ करोड । १३७ करोडतर्फ अघि बढ्दै । घरेलू ग्रस १००.८ करोड । सर बच्चन र तापसीले पुनः ब्लकबस्टर फिल्म दिएका छन् ।’
शाहरुखको जवाफः
बिग बीको ट्वीट देखेर शाहरुख खानले लेखे, ‘सर हामी त तपाईंले कहिले पार्टी दिनुहुन्छ भनेर प्रतिक्षा गरिरहेका थियौं । हामी हरेक रात जालसा बाहिर प्रतिक्षा गरिरहेका छौं ।’
Sir hum toh wait kar rahein hain ki aap party kab de rahein hain hum sabko! We r waiting outside Jalsa every nite! https://t.co/9vix8rvwuP
— Shah Rukh Khan (@iamsrk) April 9, 2019
यसका अमिताभले जवाफ फर्काए, ‘ओई, फिल्ममा काम हामीले गर्यौं, निर्माण तपाईंले गर्नुभयो, प्रोमोशनमा निःस्वार्थ योगदान हामीले दियौं, अब पार्टी पनि हामीले दिने ? जालसा बाहिर हरेक राती कोही पनि आउँदैन ।’
Sir film aapki hai…acting aapki hai…Hit aapki wajah se hai…aap na hote toh film hi na hoti. Toh party…bhi??https://t.co/7cunRO68rC
— Shah Rukh Khan (@iamsrk) April 10, 2019
शाहरुखले यसमा पनि जवाफ फर्काउँदै लेखे, ‘सर फिल्म तपाईंको हो, अभिनय पनि तपाईंको, हिट पनि तपाईंकै कारण भयो । तपाईं नभएको भए फिल्म हुँदैनथ्यो, त्यसकारण पार्टी पनि ???’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण