चुनाव प्रचार गर्दै गर्दा नायकलाई अचानक हृदयघात, अस्पतालमा मृत्यु
भारतको रामनाथपुरमा शनिबार दिउँसो चुनाव प्रचारको क्रममा जेके रितेशलाई अचानक हृदयघात भयो । ४६ वर्षका रितेशलाई अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो । रितेश भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार नयनार नागेन्द्रनका लागि प्रचार गरिरहेका थिए ।
रितेश १५ औं लोकसभामा डिएमके पार्टीका सांसद पनि भए । जेके रितेशलाई अन्तिमपटक फिल्म एलकेजीमा देखिएको थियो । उनको परिवारमा उनकी श्रीमती जोथीश्वरी र तीन सन्तान छन् ।
सहकर्मीले लेखे भावुक सन्देशः
फिल्म एलकेजीमा उनीसँग काम गरिसकेका नायक आरेज बालाजीले रितेशको निधनमा दुःख व्यक्त गर्दै एउटा नोट लेखेका छन्, ‘जेके रितेश सर गुमाएको खबर सुनेर स्तब्ध छु । उनी ४६ वर्षका मात्र थिए । चाँडै नै बिते । उनले मलाई आफ्नो भाइजस्तै व्यवहार गर्दथे । उनले धेरैलाई सहयोग गरे । यो पीडालाई बयान गर्न शब्द छैन ।’
Shocked and devastated hearing the news about the loss of JK Rithesh sir. Not able to beleive. He was just 46. Gone too soon. He was like a brother to me and blessing to the lives of many. He helped and changed so many lives. No words to describe the pain.
— LKG (@RJ_Balaji) April 13, 2019
बालाजीे अर्को एक ट्वीटमा लेखे, ‘मलाई तपाईंको धेरै याद आउनेछ सर । तपाईंले मलाई आफ्नै भाइजस्तै ठान्नुभयो । तपाईं एक महान व्यक्ति हुनुहुन्थ्यो । तपाईंलाई तीन सन्तानसहित सुन्दर परिवारलाई टाढा लैजाने भगवान निकै क्रुर छन् ।’
I will miss you sir. You treated me like your own brother. Not got even a rupee to act in LKG. So much love, care and warmth. You were a great human being. God is so cruel to take you away from your beautiful family with three children. Feel terrible. pic.twitter.com/r4B4T8wdVQ
— LKG (@RJ_Balaji) April 13, 2019
धोकाधडीको मुद्दा दर्ताः
जेके रितेशनले डिएमकेसँग आफ्नो राजनीतिमा आफ्नो करियरको सुरुवात गरे तर सन् २०१४ मा उनले पार्टी छोडे र ब्क्ष्ब्म्ःप् मा समावेश भए । यद्यपि, यसअघि नोभेम्बर सन् २०११ मा एक जमिन हडपेको मामलामा पक्राउ भएपछि उनी चर्चामा आएका थिए । उनीमाथि भारतीय मूलका एक अमेरिकी नागरिकलाई जमिन किनिदिने बचन दिएको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण