आलिया भट्टलाई भोट हाल्न छैन अनुमती, कारण यस्तो
भारतमा अहिले चुनावी माहौल छ । बलिउड सेलिब्रिटीका पनि थुप्रै सन्तान लोकसभा चुनाव २०१९ मा पहिलो पटक भोट हाल्दैछन् । यसैबीच कलंककी स्टार कास्टलाई पनि उनीहरुले मानिसहरुलाई मताधिकारबारे कसरी जागरुक गराउँछन् भन्ने प्रश्न सोध्दा आलिया भट्टले यसबारे खुलेर कुरा गरेकी छिन् ।
पासपोर्ट हो वास्तविक कारणः
इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा जब आलियालाई यस्तो कुरा सोधियो तब उनले भनिन्, ‘म भोट हाल्न सक्दिनँ, यसको कारण हो पासपोर्ट । आलियालाई यही प्रश्न पछिल्लो लोकसभा चुनावको क्रममा पनि सोधिएको थियो । तब उनले दोहोरो नागरिकता लिएको बताएकी थिइन् । यद्यपि, भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन ।
कलंक र ब्रम्हास्त्रमा देखिनेछिन्ः आलिया भट्ट आजकाल फिल्म कलंकको प्रोमोशनमा छिन् । त्यसपछि उनी रणबीर कपूर र अमिताभ बच्चनसँग फिल्म ब्रम्हास्त्रमा देखिनेछिन् । स्मरण रहोस्, आलियाकी आमा सोनी राजदान पनि बेलायती नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण