यु–१९ विश्वकप छनौट : ९२ रनमा समेटियो मलेसिया
सोमबार, ०२ वैशाख २०७६, ०९ : ५४
आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको छ ।
क्वाललम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको छ ।
नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए ।
त्यस्तै सागर ढकालले १ विकेट लिए ।
मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।
दुई खेल खेलेको नेपालले एक खेलमा जीत र एकमा हार बेहोर्दै २ अंकसहित तेस्रो तालिकाको तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण